काठमाण्डौ – यातायात व्यवस्था विभागले प्रदेशको नामाकरण नभए पनि इम्बोस्ड नम्बर वितरण फेरि सुचारु गर्ने भएको छ।
सर्वोच्च अदालतको फैसलासँगै इम्बोस्ड नम्बर वितरण पुनः सुचारु गर्ने तयारीमा विभाग जुटेको खबर आजको कारोबार दैनिकमा मनिका खतिवडाले लेखेकी छन्।
गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशको नाम टुंगो नलागे पनि प्रदेश नम्बरै आधारमा इम्बोस्ड वितरण गर्न लागिएको हो।
अब नामाकरण नभएका प्रदेशहरुलाई नम्बरका हिसावले इम्बोस्ड नम्बर वितरण गरिने यातायात विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए।