सोलुखुम्बु : गैर सरकारी संस्था रीड नेपालको आयोजना तथा नगरपालिका र गाउँपालिकाहरुको समन्वयममा ५ दिने प्रारम्भिक बाल विकास तालिम सुरु भएको छ । जिल्लाको सल्लेरीमा सुरु भएको तालिममा रीड नेपालले काम गर्ने १४ वटा र प्रदेश सांसद कोषबाट संञ्चालित ४ वटा शिशु स्याहार केन्द्रका शिक्षकहरुको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास संयोजक केशब गिरीले जानकारी दिए ।
अमर बहादुर सिंहले सहजिकरण गर्ने तालिममा बाल विकासको उद्देश्य महत्व, बालविकासका विकासत्मक पक्ष, सिकाइ क्षेत्रहरु, कक्षाकोठा व्यवस्थापन, दैनिक कार्यतालिकाको अभ्यास लगाएतका विषयवस्तुमा तालिम केन्द्रित रहने आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद उत्तम कुमार बस्नेतले प्रारम्भिक बाल विकासले शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारण व्यक्त गरे । शिक्षकको सेवा सुबिधा र बाल विकासको गुणस्तर सुधारको लागि सम्बन्धित निकायमा पहल गर्ने काम आपूmले गरेको दावि गर्दै छिट्टैनै बाल विकासका समस्याहरु हाल हुने विस्वास समेत व्यक्त गरे ।
तालिममा सहभागी शिक्षकहरुले सरकारबाट आफ्नो पेसालाई अपहेलनाको दृस्टीले हेरेको भन्दै यसमा सरकारले ध्यान दिनु पर्ने बताएका छन । सरकाले शिक्षकको सेवा सुविधा लगायतमा ध्यान दिनु पर्ने उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केसव गिरीले विद्यालयको आधार स्तम्भको रुपमा रहेको बाल विकासको सुधारले मात्र समग्र शिक्षाको जग बलियो हुने बताए । बालबालिकाको चौतर्फी विकास हुने अवस्था भएकोले रीड नेपालले बाल विकासलाई प्राथमिकतामा राखेर तालिम संचालन गरेको उनको भनाई छ ।