यी सुन्दरी बनिन्, मिस पूर्वाञ्चल

इटहरी । १०औं संस्करणको मिस पूर्वाञ्चलको उपाधि पथरी शनिश्चरे, मोरङकी रिजु भट्टराईले प्राप्त गरेकी छन् । शनिबार अबेर रात धरानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि हासिल गरेकी हुन् । उपाधिसँगै रिजुले २ लाख रुपैयाँ र हङकङ भ्रमणका लागि टिकट प्राप्त गरेकी छन् ।
सो कार्यक्रममा मिस पूर्वाञ्चल २०१० रिजलाई सुनसरीको पर्यटकीय स्थल भेडेटारको नयाँ भेडेटार पर्यटन सद्भावना दूतको उपाधिसमेत प्रदान गरियो ।

उनले पर्यटन वर्ष २०२० मा भेडेटारमा पर्यटक ल्याउन आफ्नो महत्वपूर्ण योगदान हुने बताएकी छन् । यस्तै, मिस पूर्वाञ्चल २०१९ मा खोटाङकी एन्जल राईले फस्ट रनरअप हुँदै १ लाख रुपैयाँ पाइन् । त्यस्तै, सेकेन्ड रनर अप घोषित धरानकी सिम्रन लिम्बूलाई ५० हजार रुपैयाँ प्रदान गरियो ।

सो प्रतियोगितामा अन्य उपाधितर्फ इटहरीकी विपना तामाङ मिस बेस्ट कम्प्लेसन, सुष्मिता बराइली बेस्ट वाक, धनकुटाकी रेश्मा राई पब्लिक चोइस, धरानकी अनुपम बस्नेत मिस ट्यालेन्ट र धरानकी स्वेता पोखरेल मिस फ्रेन्डसिप घोषित भए । उपाधिसँगै उनीहरूलाई जनही १५ हजार रुपैयाँ प्रदान गरियो ।

सिल्भर इन्टर टेनमेन्टले आयोजना गरेको १०आंै संस्करणको निर्णायकर्तामा वरिष्ठ गायक दीप श्रेष्ठ, नायिका मेरुना मगर, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ, सञ्चारकर्मीहरू सुरेश राई, कवि गोपाल देवान, जयन सुब्बा मानन्धर, डा. सरुन कोइराला, ओम शान्ति कम्पनीका अध्यक्ष गंगाराज राई, बराह ग्रुपका कार्यवाहक प्रमुख गंगा कालिकोटे, मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी, सञ्चारकर्मी थिए ।

कार्यक्रमको कोरियोग्राफी प्रियारानी लामाले गरेकी हुन् । कार्यक्रममा नायिका मिरुना मगर, फेसन पत्रकार तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वर्ल्ड २०१९ को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान ग¥यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार