राजा वीरेन्द्रको निजी निवास एक वर्षपछि खुला गरिने

काठमाडौँराजा वीरेन्द्रको निजी निवास। नारायणहिटी राजदरबार सङ्ग्रहालय अवलोकन गर्न आउनेले एक वर्षपछि तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेको सवारीसाधन पनि हेर्न पाउने छन् ।

नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्षभित्र राजा वीरेन्द्रका निजी सवारीसाधन र निवास अवलोकनकर्ताका लागि खुला गरिने बताए।

पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लावारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सङ्गालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित सबैलाई जिज्ञासा भएको राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाईजहाजलगायत निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने छ भने।

राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी वि।स। २०६५ देखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार