काठमाडौँ – माघ ९ गते हुने राष्ट्रियसभा चुनावमा सत्तारुढ नेकपा र विपक्षी राजपाबीच दुई नम्बर प्रदेशमा चुनावी तालमेल हुने भएको छ।प्रदेश नम्बर २ मा रिक्त हुने चार मध्ये दुई स्थानमा नेकपा र दुई स्थानमा राजपाले एक अर्कालाई हस्ताक्षर गर्ने सहमति गरेका हुन्।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र राजपाका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेको सहमति पत्रमा नेकपाले महिला र दलित पुरुष तथा राजपाले अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहमा उम्मेदवार दिनेछन्।
मधेस केन्द्रित अर्को दल समाजवादी नेपाल सरकारमै रहे पनि नेकपाले विपक्षी दलसँग सहकार्य गरेर उसलाई झड्का दिएको छ। दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल र सहकार्य गर्ने उल्लेख गरिएको छ। जसलाई भावी सत्ता साझेदारीको संकेतका रुपमा विश्लेष्ण गरिएको छ।