मण्डलामा ‘झोला हराएको मान्छे’

काठमाण्डौं ः भोजपुरबाट एक युवक वैदेशिक रोजगारीमा जान काठमाडौं आउँछन् । विकट गाउँमा जन्मे/हुर्केका उनका लागि सहर बिरानो थियो । काठमाडौं उत्रिनासाथ उनको झोला हराउँछ । राहदानी, कपडालगायत सामान त्यही झोलामा थिए । त्यही नै हराएपछि उनको अर्को कथा काठमाडौंबाटै सुरु हुन्छ ।

किनकि, उनको त्यतिन्जेलको जीवनकथा हराएको झोलासँगै नेपथ्यमा पर्छ । त्यसपछि उनले राजधानीमा गर्नुपरेको संघर्षलाई कथा बनाएर रुद्रप्रसाद पोखरेल (स्लिम जीवन)ले नाटक तयार पारेका छन्, ‘झोला हराएको मान्छे’ । उनी आफैँले नाटकको मुख्य पात्रमा अभिनय गरेका छन् ।

‘काठमाडौं आएर झोला हराएको मानिस यो बिरानो सहरमा कहाँ जान्छ, कुन बाटो अपनाउँछ भन्ने कथा छ, नाटकमा,’ निर्देशक दीपेन्द्र शाही भन्छन्, ‘त्यस युवकले आफ्नो झोला भेटाउन गरेको संघर्षकथा समेटिएको छ ।’ उनका अनुसार खोज्दाखोज्दै नाटकको युवक यति धेरै थाकेका हुन्छन् कि आफ्नो झोला भेट्दा पनि त्यो आफ्नै हो भन्ने यकिन गर्न सक्दैनन् ।

झोला भेटिएपछि ती युवकले विदेश जाने मानसिकता त्याग्छन् । र, आफ्नै गाउँ फर्किन्छन् । १७ पुससम्म अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटकमा २० कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार