काठमाण्डौ – विशेष अदालतले न्यूरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैंयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । भाडा र विल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरुलाई जरिवाना तथा कैद हुने फैसला गरेको छ ।
‘विशाल बजारको पसल तथा कवल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको पुष्टि भयो । अनि सस्तोमा भाडामा लिएर अन्य ब्यक्तिलाई फेरि वहालमा दिएको देखियो । कम्पनीको कोषबाट स्वेच्छाचारी रुपमा खर्च गरेको देखियो’, विशेष अदालतको फैसलामा भनिएको छ, ‘विशाल बजारजस्तो कम्पनीलाई ठूलो आर्थिक हानि÷नोक्सानी पुग्न गएको स्पष्ट देखिन आयो ।’
विशेष अदालतको फैसलामा कम्पनीका संचालकहरुबाट विशाल बजारलाई ९ करोड ७४ लाख ८० हजार रुपैंयाँ नोक्सानी भएको उल्लेख छ ।
-कान्तिपुर दैनिकबाट