काठमाण्डौ – सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर र उक्त घरले चर्चेको जग्गा नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । प्रज्ञा प्रतिष्ठानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मलेनमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको स्वामित्वमा आएको कविकुञ्जमा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण गरिने जानकारी दिनुभयो । देवकोटा संग्राहलय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर काम अघि बढाउने उप्रेतीले बताउनुभयो ।
प्रतिष्ठानले महाकवि देवकोटाको एक सय १२ औं जन्मजयन्तीको अवसर पाररे देवकोटा संग्राहलयको उद्घाटन गर्ने योजना बनाएको छ ।