आन्तरिक विवाद सुल्झाउनेबारे कांग्रेस सभापति देउवा र पौडेलबीच छलफल, के के भयो सहमति ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीको आन्तरिक विवाद समाधानका बिषयमा छलफल भएको छ ।

पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनेबारे छलफल गर्न सभापति देउवो आज बिहान नेता पौडेलको निवासमा पुग्नुभएको थियो ।

पौडेल निवास बोहराटारमा आज भएको छलफलमा दुई नेताबीच आगामी दिनमा सहमति र सहकार्यसहित पार्टीलाई अगाडि बढाउने सहमति भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवि अधिकारीले जानकारी दिनुभयो ।

दुई शिर्षनेताबीच महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने र सहमतिकै आधारमा तल्लो तहका कार्यसमिति पनि गठन गर्ने भन्ने विषयमा छलफल भएको स्कीय सचिव अधिकारीले बताउनुभयो ।

उहाँकाअनुसार आज भएको उक्त छलफलमा उपसभापति विमलेन्द्र निधिको समेत सहभागिता थियो । बिहीबार बसेको केन्द्रीय समिति बैठक असन्तुष्ट पौडेल समूहले बहिस्कार गरेपछि पार्टीभित्र विवाद झन चर्किएको थियो ।

बैठकमा महाधिवेशनको विषय छलफलको एजेण्डा नबनाइएको भन्दै पौडेल पक्षले बिहीवारको केन्द्रीय समिति बैठक बहिस्कार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार