देउवाविरुद्ध पौडेल पक्ष झन् आक्रामक

काठमाडौं | सहमति र विधानविपरीत पार्टी संस्थापन पक्षले प्रस्ताव ल्याएको भन्दै कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्ष झन् आक्रामक भएको छ । बिहीबारको केन्द्रीय समितिको बैठकमा पौडेल पक्षको बहिष्कारकाबीच संस्थापन पक्षले केन्द्रीय विभाग थप्नेसहितका विभिन्न ९ प्रस्ताव ल्याएका थिए । तर, शुक्रबार नेता प्रकाशमान सिंहको निवासमा बसेको यो समूहको बैठकले मुख्यचार विषयमा सभापति शेरबहादुर देउवा लचिलो नभएसम्म २९ मंसिरमा बस्ने केन्द्रीय समितिको बैठकमा नै नजाने चेतावनी दिएको छ ।

पौडेल पक्षको छलफलमा सहभागी नेता गुरु घिमिरले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनेसहितको विषयमा सभापति तयार हुुनुपर्ने सहितका विषयमा अब लचिलो नहुने निर्णय गरेको जानकारी दिए ।

यसैबीच केन्द्रीय समिति नै बहिष्कार गरी बिच्किएको पौडेल पक्षलाई मनाउन सभापति देउवा आफैं अग्रसर भएका छन् । पौडेल पक्षको भेला भइरहेका वेला फोन गरी देउवाले शनिबार बिहान ९ बजे चिया खान आउने बताएका थिए ।  विभाग गठन गर्दा केही मुख्य विभागमा पौडेल पक्षलाई पनि हिस्सा दिएर विभाग गठन गर्ने मनस्थिति बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार