सार्वजनिक जग्गाका संरचना हटाउन चौथोपल्ट पत्राचार गर्दासमेत अटेर गरिएपछि नगरपालिकाले २०७४ फागुन ११ गते डोजर लगाएर संरचना हटाउन थालेको थियो। हलेसीमा सार्वजनिक जग्गामा निर्माण गरिएका पूरा संरचना हटाउने र मापदण्ड पूरा नगरी नयाँ संरचना निर्माण गर्न नपाइने नियम बनेको अवस्थामा स्थानीय प्रेमचन्द्र गिरीले संविधानमा व्यवस्था भए पनि नागरिक अधिकार हनन भएको भन्दै रिट निवेदन दिएपछि अदालतले गत असार १७ गते र असार २६ गते निवेदकका जग्गामा बनेका घरटहरा भत्काउने कार्य यथास्थितिमा राख्न नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो। आदेशपछि हलेसीआसपासमा अन्य दर्जनौं घरटहरा निर्माणले तीव्रता पाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।
नागरिक दैनिकबाट