काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा–लिपुलेक–कालाकानी सहितको नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था मन्त्री पद्या अर्यालसँग छलफल पछि समितिले नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको हो । समितिले अतिक्रमित भूमि फिर्ता गराउन कुटनीतिक पहल कदमी लिन पनि सरकारलाई निर्देशन दिएको छ ।
पाँच बुँदे निर्देशन दिएको समितिले अतिक्रमित भूमिबाट भारतीय सुरक्षा फौज तत्काल फिर्ता गराउनुपर्ने निष्कर्ष निकालेको छ । यस्तै दार्चुलाका जनताका लागि आवात–आवात, सुरक्षा लगायतका अत्यावश्यक व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।