नियमित व्यायामले घटाउँछ महिलाको मुटु रोग र क्यान्सरको जोखिम

एजेन्सी | निरन्तर र सक्रिय व्यायाम गर्ने महिलाको मृत्यु मुटुरोग, क्यान्सर र अन्य कारणबाट हुने जोखिम उल्लेखनीय मात्रामा कम हुने नयाँ अध्ययनले पत्ता लगाएको छ। युरोटेक २०१९ मा प्रस्तुत गरिएको अध्ययनले व्यायाम गर्ने क्रममा महिलाको व्यायाम क्षमता र मुटुको कार्यसम्पादन तथा दीर्घ जीवनसँगको सम्बन्ध परीक्षण गरेको थियो। युरोटेक युरोपियन सोसाइटी अफ कार्डियोलोजी (इएससि) को वैज्ञानिक कंग्रेस हो।

“कोरोनरी आर्टरी” रोग भएको वा त्यसको शंका लागेका चार हजारभन्दा धेरै वयस्क महिला अध्ययनमा सहभागी थिए। उनीहरूलाई ट्रेडमिल व्यायाम इकोकार्डियोग्राफी गर्न सुझाव दिइएको छ। “सकेसम्म व्यायाम गर्नुहोस्। तन्दुरूस्तीले जुनसुकै कारणबाट हुने मृत्युबाट जोगाउँछ,” अध्ययनका लेखक तथा युनिभर्सिटी हस्पिटल ए कोरूनाका जिसस पितेरोले भने।

परीक्षणका लागि सहभागीहरूले ट्रेडमिलमा हिँड्ने वा दौडने व्यायाम गरे। उनीहरूले व्यायामको प्रबलता बिस्तारै बढाउँदै लगे। यस्तो उनीहरू नथाकेसम्म चलिरह्यो। परीक्षणको क्रममा मुटुको तस्वीर लिइयो। अधिकतम १० मेटाबोलिक इक्विभ्यालेन्ट टास्क(एमइटि)लाई तन्दुरूस्ती मानिएको छ। यो भनेको नरोकि छिटो गरी चार तला भर्याअङ चढेको वा तीन तला भर्या ङ एकदमै छिटो गरि हिँडे बराबर हो।

१० वा सोभन्दा धेरै र कम (कम व्यायाम क्षमता) एमइटि प्राप्त गर्ने महिलाको तुलना गरिएको छ। ४.६ वर्षको औसत अन्तरालमा ३४५ जनाको मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट, १६४ जनाको क्यान्सरबाट र २०३ जनाको अन्य कारणले मृत्यु भयो।

सम्बन्धलाई प्रभाव पार्ने कारणलाई मिलान गरेपछि, मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर र अन्य कारणले हुने मृत्युमा एमइटी उल्लेखनीय रूपमा सम्बन्धित रहेको पाइयो। कमजोर व्यायाम क्षमता भएका महिला मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने वार्षिक दर झण्डै चार गुणा बढी भएको पाइयो।

“राम्रो व्यायाम क्षमताले मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर र अन्य कारणले हुने मृत्यु दर घटाउने देखियो,” पेतिरोले भने। अनुसन्धाताहरूले अधिकांश सहभागीहरू अधवैशें वा पाका महिला भएको उल्लेख गरेका छन्। औसत उमेर ६४ वर्ष र ८० प्रतिशत ५० देखि ७५ वर्षका थिए।

“६० वर्षभन्दा बढी र ६० वर्षभन्दा कम उमेरका महिलाको हकमा उस्तै परिणाम थियो। तर ५० वर्षभन्दा कम उमेरका महिलाको समूह भने सानो थियो,” पितेरोले भने। मुटुको तस्वीर सम्बन्धमा व्यायाम परीक्षणको क्रममा अनुसन्धाताहरूले देब्रे “भेन्ट्रिकल” को कार्यसम्पादन मुल्याङ्कन गरेका थिए।

व्यायामको क्रममा मुटुको कार्यसम्पादन कमजोर देखिएका बिरामीको मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने सम्भावना अत्यधिक रहेको पनि पाइयो। व्यायामको क्रममा मुटुको सम्पादनले क्यान्सर वा अन्य कारणले मृत्यु हुने सम्भावनाको पूर्वानुमान गर्न सकेन।

“दुवै परीक्षणलाई हेर्दा, व्यायामको समयमा सामान्य काम गर्ने मुटु भएका महिलालाई मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना कम छ। तर व्यायाम क्षमता कमजोर भए क्यान्सर वा अन्य कारणले हुने मृत्युको जोखिम अझै छ,” पेतिरोले भने।

“व्यायाम र राम्रो व्यायाम क्षमताको क्रममा मुटुको कार्यसम्पादन सामान्य हुनु नै उपयुक्त अवस्था हो,” पितेरोले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार