काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-0१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए । तर नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।