देशको पर्यटन क्षेत्रको विकासका लागि मानव निर्मित संरचना महत्वपूर्ण : रक्षामन्त्री पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना महत्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडौंको कमलादिमा वण्डर्स नेपालले बनाउन लागेको स्काई वाल्क टावरको सिलन्यास गर्दै उपप्रधान मन्त्री एवं रक्षामन्त्री पोखरेलले नयाँ सपना सहितको यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले दक्षिण एसिया कै पहलो टावर भएकाले पनि पर्यटन विकासमा कोशेढुंगा बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश कुमार भट्टराईले नेपालको आर्थिक उन्नतीको प्रमुख जग पर्यटन क्षेत्र भएको उल्लेख गर्दै काठमाडौंको केन्द्रमा बन्न लागेको स्काईवाल्क टावरले पर्यटन विकासमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस्तो संरचना निर्माण हुँदा पर्यटकको बसाई लम्बिने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको बताउनुभयो । यसको मूख्य उद्देश्य पर्यटकहरुलाई आकर्षित गरी समृद्ध नेपालको सपना पुरा गर्न सहयोग गर्नु रहेको बताउनुभयो । पर्यटन पवद्र्धन गर्ने उद्देस्य सहति निर्माण गर्न लागिएको यो टावरको निर्माण अवको १८ महिनामा सम्पन्न हुने वण्डर्स नेपालले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार