प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोडिने

काठमाण्डौं । प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म अब पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४६ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका स्थानीय तहमा पक्की सडकले जोडिने छ ।
स रका रले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण गर्नका लागि कार्यविधि निर्माण ग री कार्यान्वयन गर्ने अन्तिम तया री ग रेको छ । सङ ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि निर्माण ग री रायका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि लागू हुने ग री काम अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
स्थानीय पूर्वाधा र विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले अर्थ मन्त्रालयले सहमति दिएपछि यसै वर्षदेखि स रका रले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माण कार्य अगाडि बढाइने बताए ।
विभागका अनुसा र अझै पनि १३ वटा जिल्लाका ४६ स्थानीय तहमा कच्ची सडक जोडिन बाँकी छ । ताप्लेजुङ, सङ ्खुवासभा, धादिङ, मनाङका एक÷एक स्थानीय तहस जाज रकोटमा तीन, डोल्पामा छ, कालीकोटमा पाँच, मुगुमा तीन, हुम्लामा सात, बाजु रामा चा र, बझाङमा पाँच, बैतडीमा छ र दार्चुलामा तीनवटा स्थानीय तहमा कच्ची सडक पुग्न बाँकी छ ।
स रका रले सबै स्थानीय तहमा पक्की सडक निर्माण गर्न तीनै तहको लागत साझेदा रीमा पक्की सडक निर्माण गर्न लागेको हो । सङ ्घीय स रका रले ६० प्रतिशत, प्रदेशको ३० र स्थानीय तहको १० प्रतिशत लागत साझेदा रीमा सडक निर्माण हुन लागेको हो । सङ्घीय सरकारबाट बेहोर्ने रकम भने विकास साझेदा रबाट अनुदान तथा ऋण सहयोगमा समेत लिन सक्ने ग री कार्यविधि निर्माण गरिएको छ । सङ्घीयता कार्यान्वयन गर्ने क्रममा सरकारले प्रदेश राष्ट्रिय र प्रादेशिक सडक सञ्जाल कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रम कार्यान्वयनमा आएपछि एक वर्षभित्र सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोडिने अपेक्षा स रकारको छ ।
उक्त सडक सञ्जालमा आवश्यकताअनुसा र नेपाल स रका रको सडक मापदण्डकै आधा रमा पैदल मार्ग र साइकल ट्र्याकसमेत निर्माण गर्ने गरी कार्यविधि निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार