काठमाडौँ — ग्लोबल आइएमई र जनता बैंकले शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुबै ‘क’ बर्गका वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको नामबाट बैंकिङ कारोबार सुरु भएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार कमलादीस्थित ग्लोबल आइएमइको कर्पोरेट कार्यालयबाट एकिकृत कारोबार समुद्घाटन गरे। उदघाटन मन्तव्य व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले यो मर्जरले अरु ठूला बैंकलाई मर्ज गर्न मद्दत गर्ने बताए। खतिवडाले स्वस्फुर्त रुपमा अन्य बैंकहरुलाई मर्ज हुन अनुरोध गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंक गर्भनर चिरञ्जीवि नेपालले राष्ट्र बैंकले केही बर्ष अघि देखि लिएको नीतिमा बैंकले साथ दिएकोमा खुशी लागेको बताए। ‘अरु बैंकहरुका लागी यो एउटा सन्देश हो,’ उनले भने।
कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझी, उद्योग वाणिज्य महासंका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति थियो।