यस्तो बनेर आयो गायक तथा सर्जक केसीको संगितमा रहेको देश भक्ति गीत (भिडियोसहित)

लिलामाया ठटाल

काठमाडौं : भारतले नेपाली भुमी मिचिएको भन्दै नेपालीहरुले आवज उठाइरहेको बेलामा गायक तथा सर्जक बिनोद बाबु के सीको संगितमा रहेको कालापानी,लिपुलेकको लिम्पियाधुरा,सुस्ता सिमाको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

यस गीतको शव्द गीतको शब्द सिर्जना अमर लामिछानेले गर्नु भएकोछ भने स्वर गायिका देबि बस्नेत र गायक राम गोपालिको रहेको छ । गीत मालति डिजिटलको युटुब च्यानल बाट सार्वजानिक भएको हो ।

गीतमा गुमेका भाग हरु हामि आफैले ल्याउनु पर्छ । आफ्नो देश को स्वाभिमान सबै नेपालि मिलेर बचाउ सहिदले दिएको बलिदान लाई हामिले कर्तव्यको रुपमा लिनुपर्छ जस्ता शब्दहरु समेटिएको छ । यस गीतमा रामु खड्का, के सी आफै ,राजेन्द्र बाजुराली,निर्मला बस्नेत र बिष्णु सुनुवारले साथ दिनु भएको छ ।

निर्देशन काजिश श्रेष्ठले गरेको गीतमा चर्चित हास्य कलाकार सुरबिर पण्डित (दारीबा),यादब देबकोटा (सरापे),चर्चित मोडल बिमल अधिकारी,साया भण्डारी,हिरा के सि,आर्यान,रोहित,होमनाथ,देबेन्द्र छेत्री,धुर्व हिमालि बिश्वास नेपाल,सन्ध्या गोपाली लगाएत दर्जनौ कलाकारको अभिनय गर्नु भएको छ । आफूले सदैव नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको पाइएको छ ।   साँचै यस गीतले आफ्नो नेपालप्रतिको माया र आफ्नो नेपाली भुमीको विषयलाई समिटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार