ऋचाले कोसँग गर्दैछिन् बिवाह ?

अभिनेत्री ऋचा शर्माको बिहे अहिले चर्चामा छ । अहिले ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत रहेकी ऋचाको उक्त कार्यक्रममा पनि विहेको चर्चा हुने गर्दछ ।  ऋचा केही महिना देखि नै विवाहको तयारीमा भएको भएपनि सार्वजनक रुपमा भने यस विषयमा बोलेकी थिईनन् ।
अन्तत ऋचाले सामाजिक सञ्जालमार्फत बिहेको मिति सार्वजनिक गरेकी छिन् । ऋचाको विहे मंसिर २१ अर्थात डिसेम्बर ७ मा हुँदैछ । ऋचाले आफूहरुलाई माया दिने सबैलाई धन्यवाद दिँदै आफू विवाह बन्धनमा बाँधिन लागेको  जानकारी दिएकी हुन् । विहेको मिति सार्वजनिक गरिसक्दा पनि ऋचाले आफ्नो हुनेवाला श्रीमानको बारेमा भने जानकारी दिएकी छैनन् ।

जानकारी अनुसार ऋचा केही समयदेखि दिपेश विक्रम राणाको प्रेम सम्बन्धमा छिन् । दिपेश ललितपुरको लाबिम मलका म्यानेजर समेत हुन् । विवाह गर्ने पक्का भएसँगै ऋचाले  प्रियंका कार्की, केकी अधिकारीसँग ब्याचलर पार्टी सेलिब्रेशन गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार