संगीतकार गजमेर र गायक थापालाई स्वरसम्राट स्मृति सम्मान

काठमाडौ : संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ । स्वरसम्राट नारायण गोपालको २९ औें स्मृति दिवसका अवशरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । गजमेर भने विशेष कामले बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहनुभएको कोषले जनाएको छ ।

कार्यक्रममा बोल्दै गायक जगतमर्दन थापा स्वरसम्राट नारायण गोपालको स्मृतिसभामा सहभागि हुन पाउनु आफ्नो सौभाग्य भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार