बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुको गुणस्तरमा कमि आई मूल्यवृद्धि अत्याधिक भएको छ।
संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबार बसेको बैठकमा सहभागी ःउपभोक्ता अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।
उपभोक्ताकर्मीहरूले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको बताएका छन्।
बजार महँगो हुनुका साथै गुणस्तरहिन वस्तु आउँदा समेत अनुगमन हुन नसक्दा अत्यावश्यक वस्तुहरू दूध, तरकारी, पानी, तेल, औषधी लगायतका वस्तुको गुणस्तरमा कमि र मूल्यमा बृद्धि भएको उनीहरूको भनाइ छ ।
बैठकमा उपभोक्ताहरूले दैनिक प्रयोग गर्ने खाद्य वस्तुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरूसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताए। उनले अत्यावश्यक उपभोग्य वस्तुमा अनुगमन आवश्य रहेको बताए।
उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधी लागयतका उपभोग्य वस्तुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतमा अनुगमन गरी एक महीनाभित्र समितिमा प्रतिवेदन बुझाउनु पर्नेछ।