काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाउनुभएको छ ।
नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाउनुभएको छ । तर मतपरिणामबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।







