फिदिममा नेकपा र हिलिहाङमा काङ्ग्रेस बिजयी

 

पाँचथर : पाँचथरको फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई बिजयि भएका छन । उनले  कुल १४४६ मत प्राप्त गर्दा उनकाा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सुवराज थापाले ९७२ मत प्राप्त गरे।

अध्यक्ष पदका यी दुई उम्मेदवारबीचको मतान्तर ४७४ रह्यो। राप्रपा नेपालका उम्मेदवार मिलन गिरीले ७६ मत प्राप्त गर्दा समाजवादी पार्टी नेपालका उम्मेदवार गौरव लामाले ३० मत, संघीय लिम्बुवान मञ्चका उम्मेदवार वीरबहादुर केरुङले १९ मत, राप्रपा संयुक्तकी कल्पना राईले १५ मत र राप्रपा लोकतान्त्रिककी उम्मेदवार जानुका थाम्सुहाङले १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कुल ३६७६ मतदाता भएपनि शनिवार भएको निर्वाचनमा २५८२ मत खसेको थियो। जसमध्ये २३ मत भने बदर भएको छ।

जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ७ मा भने नेपाली कांग्रेसका तिलबिक्रम इधिङ्गो निर्वाचित भएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गेहनाथ रिजाललाई पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अध्यक्ष पदमा निर्वाचित इधिङ्गोले ८४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गेहनाथ रिजालले ८१२ मत प्राप्त गरे। यी दुई अध्यक्ष पदका उम्मेदवारबीच भने कुल ३० मतको झिनो मतान्तर रह्यो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार