अब सोलुखुम्बुको हरेक गाउँबस्तीमा टेलिकमको फोरजी सेवा !

सोलुखुृम्बु : जिल्लामा ६ महिना भित्र फोरजी सेवा सुचारु हुनेभएको छ । जिल्लाको सम्पुर्ण क्षेत्रमा निर्माण गरिएको नेपाल टेलिकमको बिटिएस टावरमा फोरजी सेवा थप गरि बढीमा ६ महिना भित्र सुचारु गरिसक्ने बताईएको छ ।

सुचना तथा प्रविधिको हिसाबमा विश्व अगाडी बढीरहेको अवस्थामा पर्यटकिय जिल्ला सोलुखुम्बुमा समेत फोरजी सेवा सञ्चालन गर्ने बिषयमा सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको मोवाईल टावरसंग भएको सहमती अनुसार अहिले काम भईरहेको सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले जानकारी दिनुभयो । फोरजी सेवा विस्तार गर्नका लागि आवश्यक सम्पुर्ण सामाग्री ओखलढुंगा सम्म आईसकेको छ । जिल्ला भित्र रहेको १८ वटा पुराना टावर र नयाँ ७ वटा थप गरि २५ वटा विटिएस टावर सञ्चालन हुनेछन् । सम्पुर्ण टावरको उचाई अब ३० मिटरको हुने छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको जिल्ला सोलुखुम्बुमा नेपाल टेलिकमको सेवा चुस्त एवम् गुणस्तरीय बनाउँने बिषयमा समेत गम्भिर ध्यानकर्षण गराईएको उहाँको भनाई छ । विभिन्न बिटिएस टावरमा व्याकप पावर नहुँदा समस्या भएकाले त्यस बिषयमा समेत छलफल भएको बताईएको छ ।

अब चाडै जिल्लामा ग्रामीण विद्युतीकरणको काम सुरु हुनेभएकाले यस्ता समस्याको समेत विस्तारै समाधान हुने उहाँको भनाई छ । हरेक गाउँबस्तीमा सञ्चार सुविधा पु¥याउने उदेश्यले फोर्चे, नाचिपाङ, टाक्सिन्दु, वाकु, नेचाबता सहित ६ वटा बिटिएस टावर थप गरिने सांसद राईले बताउँनुभयो । निर्वाचनको बेला गरेको प्रतिबद्धता अनुसारनै फोरजी सेवा सञ्चालनमा जोड दिईएको उहाँको भनाई छ । निर्वाचीत भएदेखी निरन्तर रुपमा जिल्लामा सञ्चारको सहज पहुँच पु¥याउने उदेश्य सहित काम गरिरहेको भन्दै ६ महिना भित्र सहज बनाएरनै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार