आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र राष्ट्रिया खेलकुद परिषद्बीच बीमा सेवा सम्झौता

काठमाडौं: आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र राष्ट्रिया खेलकुद परिषद् १३ औ दक्षिण एसियाली खेलकुदबीच खेलकर्मीहरुको सामुहिक दुर्घटना बीमा सेवा सम्झौता भएको छ ।

काठमाडौको एक कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिया खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले हस्ताक्षर गर्नु भएको छ ।

विभिन्न खेलमा सहभागी बैदेशिक खेलकर्मी तथा अन्य अन्य बैदेशिक पदाधिकारीहरुप्रति निःशुल्क रुपमा पाच लाख बराबरको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ ।

कार्यक्रममा सदस्य सचिव रमेश कुमार सिलवालले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यावाद दिदै अगामी दिनमा पनि आइ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग सेवा विस्तार गरी अगाडि बड्ने जानकारी दिनु भएको छ । १३ औ दक्षिण एसियाली खेल आगामी मंसिर १५ देखि २४ गतेसम्म हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार