काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्ने गरी सहमति भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछि पाँच वर्षका लागी ओली नै सरकारको नेतृत्व गर्ने हुनुभएको छ ।
तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुने बताइएको छ ।