काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबराम भट्टराईले सामान्य प्रयासले कालापानीबाट भारतीय सेना हटाउन नसकिने बताउनुभएको छ ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने उद्घोष गनुभएको थियो । आज पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत भारतीय सेना हटाउने प्रधानमन्त्रीको उद्घोषलाई धन्यवाद दिनुभएको छ ।
उहाँले कालपानीबाट भारतीय सेना हटाउन युद्ध र कुशल कूटनीतिबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले दुवै रणनीतिलाई सम्बोधन नगरेको आरोप समेत लगाउनुभएको छ ।
उहाँले प्रधानमन्त्री ओलीलाई कालापानी विवाद कुटनीतिक वा युद्ध कुन रणनीतिबाट हल गर्ने हो भन्ने कुराको निक्र्यौल गर्न समेत सुझाब दिनुभएको छ ।
स्थायी सरकार भएको काठमाडौं र दिल्ली दुवैलाई यो समय समास्या सँधैको लागि समाधान गर्ने सबैभन्दा ठूलो अवसर भएको पनि भट्टराईको भनाइ छ ।