काठमान्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । श्रोतका अनुसार सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।
आइतबार साँझ बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि कुन कुन पन्त्री हटाउने र कस्लाई के जिम्मेवारी दिने भन्नेबारे छलफल भएन । तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । श्रोतका अनुसार आज नाम नटुङ्गीएपनि भोलि बिहान सम्म टुंगो लाग्ने छ ।