भारतलाई प्रधानमन्त्री ओलीको आग्रहः कालापानीबाट सेना फिर्ता लैजाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ । आज काठमाडौंमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपली भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने बताउनुभयो ।

राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको भन्दै उहाँले सरकारले नेपाली भूमि फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीदेखी बस्दै आएको पनि बताउनुभयो । उहाँले सरकार सीमाका बिषयमा भारतसँग संवाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गरिने स्पष्ट पार्नुभयो ।

नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार