काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।
हिजो ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गराउनुभएका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक बोलाउनुभएको हो । यसअघि हिजो नै बैठक बस्ने तय भएपनि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणलगायत अन्य तयारी नपुगेका कारण बस्ने सकेको थिएन ।
आजको बैठकमा पार्टी नेतृत्व र एकताका बाँकी विषय टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ । नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन् ।