मिनी म्याराथनको उपाधी माप्यदुधकोशीका सुरेनले जिते

कात्तिक २६, २०७६
सोलुखुम्बु :  सोलु एफ.एम र योङ्ग स्टार क्लवको स्थापना दिवसको अवसरमा आयोजीत मिनी म्याराथन प्रतियोगीताको उपाधी माप्यदुधकोशी गाउँपालिकाका ४ का सुरेन राईले जितेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ सुर्के देखी योङ्गस्टार क्लवको प्राङ्गन सम्म निर्धारित दुरी २४ मिनेट २४ सेकेण्डमा पार गर्दै राईले उपाधी जितेका हुन् ।

यस्तै निर्धारित दुरी २४ मिनेट ३० सेकेण्डमा पार गर्दै सोताङ्ग गाउँपालिका १ का देवन राई द्धितिय भए भने निर्धारित दुरी २६ मिनेट २६ सेकेण्डमा पार गर्दै सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका रबीन बस्नेत तृतीय भए ।


म्याराथन प्रतियोगीताको उद्घाटन संघिय सांसद हेमकुमार राई (शुरबीर)ले गर्नुभएको थियो । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने धावकलाई क्रमश नगद ११ हजार १११, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम पुरस्कार राशी ११ हजार १ सय ११ को आईएमइ जनरल इन्स्योरेन्स प्रा.लि सल्लेरी शाखाले गरेको थियो भने दोस्रो पुरस्कार राशि ७ हजार ७ सय ७७ लक्ष्मी बैंकले गरेको थियो ।

सोमबार आयोजीत खुल्ला मिनी म्यारथन प्रतियोगीतामा महिला धावक थुलुङदुधकोशी ६ मुक्लीकी सुसन कार्की र नेचा सल्यान १ की रिता राईले समेत सहभागीता जनाईन् । उनीहरुलाई जनही पाँच सय रुपैयाको साथमा मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमको लागि राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सल्लेरी, सेञ्चुरी कमर्सियल बैंक र एनआईसी एसिया बैंक शाखा सल्लेरीले प्रायोजन गरेको थियो । प्रायोजक सबैलाई योङ्ग स्टार क्लव र सोलु एफ.एमले धन्यवाद समेत ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार