काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजि सचिवालयका १३ सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयको कार्यसम्पादनलाई लिएर विभिन्न टिका–टिप्पणी भइरहेका बेला समूहका अधिकांशले सामुहिक राजीनामा दिएका हुन् ।
सल्लाहकार समुहका एक सदस्यले दिएको जानकारी अनुसार प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले प्रधानमन्त्रीलाई बाटो खुल्ला गरिदिन सामूहिक राजीनामा दिइएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायत १३ जनाले आगामी मङ्सिर १ गतेबाट लागु हुनेगरी सामूहिक राजीनामा दिएका हुन् ।