कांग्रेस पदाधिकारी बैठकः एक ढिक्का भएर उपनिर्वाचनमा होमिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक ढिक्का भएर उपनिर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकले एक भएर उत्साहका साथ उपनिर्वाचनमा होमिले निर्णय गरेको हो ।

उपनिर्वाचन केन्द्रीत पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समेत सहभागीता थियो ।
उम्मेदवार छान्ने बिषयमा किचलो भएपछि बुधबार बैठक छाडेर हिडेका पौडेल र सिटौला पनि आज पदाधिकारी बैठकमा सहभागी हुन पुगेका हुन् ।

आन्तरिक गुटका कारण पार्टी उम्मेदवारलाई असर नपरोस् भनेर कांग्रेसले एक भएर चुनावमा होमिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार