सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ स्थीत शुक्रबारे साप्ताहिक हाट व्यवस्थापनको लागि निशुल्क जग्गा प्राप्त भएको छ । वडा मातहत सञ्चालन हुने उक्त हाट व्यवस्थापनको लागि करिब ६ रोपनी जग्गा निशुल्क प्राप्त भएको वडा अध्यक्ष रामसंघर्ष किराँतीले जानकारी दिनुभयो ।
वडा कार्यालय नजिकै स्थापना हुने उक्त हाटको लागि स्थानीय प्रेम कुमार राई, मुगाधन राई र नरभक्त राईले संयुक्तरुपमा जग्गा उपलब्ध गराउँनुभएको हो । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुमा आज करिब १५ लाख रुपैयाको जग्गा दान गरि रजिष्टे«शन पास गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सोलाहाङ राईले जानकारी दिनुभयो ।
जग्गादता तीनै जनालाई वडा कार्यालयले बिशेष धन्यवाद ज्ञापन गरेको छ ।
यस अघि वडा कार्यालय भवन निर्माणको लागि करिब ५ रोपनी जग्गा रजिष्ट्रेशन पास भईसकेको छ । केही दिन अघि मात्रै थुलुङदुधकोशी गाउँपालिकाले ८५ लाख मूल्य बराबरको जग्गा समेत निशुल्क प्राप्त गरेको थियो । स्थानीय एकाबहादुर गुरुङले साढे १७ रोपनी जग्गा दान गर्नुभएको थियो ।
शब डिभिजन बन कार्यालय पत्तालेको नाममा १ रोपनी बढी
शब डिभिजन बन कार्यालय पत्तालेलाई पनि निशुल्क जग्गा प्राप्त भएको छ । स्थानीय पासाङ शेर्पा र एटी शेर्पाले १ रोपनी आठ अना जग्गा निशुल्क दान गर्नुभएको कार्यालयले जनाएको छ । उक्त जग्गा समेत आजै रजिष्ट्रेशन पास गरिएको शब डिभिजन बन कार्यालय प्रमुख राम ठटालले जानकारी दिनुभयो ।
खुम्बुले करिब डेढकरोडमा खरिद ग¥यो
खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ ले भने ५ सय ७५ बर्गमिटर जग्गा खरिद गरेको छ । स्थानीय दावा छिरिङ शेर्पामार्फत १ करोड ५३ लाख ८५ हजार ५ सय ९१ मा उक्त जग्गा खरिद गरेको प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा कार्यालय प्रयोजनका लागि उक्त जग्गा खरिद गरिएको हो ।