काठमान्डौ : सगरमाथा प्रतिभा प्रतिष्ठान द्वारा प्रकासन गरिएको स्मारिका “समदृष्टी” विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच सगरमाथा प्रतिष्ठानका अध्यक्ष डा. रेनुका सोलुको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान उप कुलपति डा. बिष्नु विभु घिमिरेको प्रमुख आतिथ्यमा “समदृष्टी”को विमोचन गरिएको हो ।
कार्यक्रममा प्रा डा सावित्री मल्ल ले समालोचना गर्नुभएको थियो । कृति माथि बोल्दै मल्लले स्मारिकाको नाम नै काफी भएको र नाम अनुसारको नै आलेख हरु समेटेर शिक्षा, स्वास्थ, पर्यटन, आर्थिक लैङ्िगकता समसामयिक विषय समेटिएकोले स्मारिकाको गरिमा बढेको बताउँनुभयो । स्मारिकामा शिक्षा विद प्रा.डा विद्यानाथ कोइराला प्रा.डा सुरेन्द्र केसी प्रा.डा ऋषि शर्मा, डा. सुरेस आचार्य प्रतीक ढकाल, प्रकाश सिङ कार्की लगाएतको लेखहरु समिटिएका छ्न ।
सो अवसरमा सगरमाथा प्रतिभा प्रतिष्ठानका सल्लाहकार प्रकाश सिङ काकी, संरक्षक दावा ग्यल्जेन शेर्पा, प्रा.डा सुरेन्द्र केसी लगाएतले सस्थाको गतिबिधीको प्रशंसा गर्दै आगमी दिनमा थप प्रगतीको शुभकामना दिनुभएको थियो । यस्तै संस्थाका महासचिव केशव गिरिले सन्चालन गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।