कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने भएको हो ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुलाई दुई दिन प्रशिक्षण दिन लागिएको कांग्रेस पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रशिक्षण कार्यक्रममा अध्यक्ष–उपाध्यक्षसँगै सम्बन्धित गाउँपालिकाका पार्टी सभापतिहरु र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुलाई पनि प्रशिक्षण दिइने बताउनुभयो । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तयारी भएको सचिव आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार