काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री अग्नि प्रसाद सापकोटासहितका नेताविरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासमा तीन वर्षपछि विचाराधीन रहेको यो मुद्दाको सुनुवाइ सरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको सवैधानिक इजलासमा रहेको मुद्दा आज(बुधवार) हेर्न नभ्याउने भएपछि पुनः सुनुवाइ सरेको हो ।
पछिल्लो पटक उक्त मुद्दामा सर्वाेच्चको सवैधानिक इजलासले २०७५ फागुनबाट अन्तिम सुनुवाइ थालनी गरेको थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सांसद सापकोटाको हात रहेको दाबीसहित तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले रिट निवेदन दायर गर्नुभएको थियो ।