नेपाल र युएईका श्रममन्त्रीबीच भेटः नेपाली श्रमिकका समस्याबारे छलफल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्ट र युएईका श्रममन्त्री बीच आज (बुधवार) भेटबार्ता भएको छ ।

आजदेखी यूएईमा सुरु भएको मन्त्रीस्तरीय पाँचौं आबुधाबी डाइलगमा सहभागी हुन हिजो यूएई जानभएका श्रम मन्त्री बिष्ट र समकक्षी युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपालका तर्फबाट मन्त्री बिष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राख्नभएको थियो । जवाफमा मन्त्री हम्लीले नेपाली श्रमिकका विषयमा युएई गम्भीर र सुधारका प्रयासमा सकरात्मक भएको बताउनुभएको छ ।

मन्त्री हम्लीले नेपाल र नेपालीले युएईलाई दिएको योगदानको प्रशंशा गर्दै द्वीदेशीय सम्बन्ध बिकासमा युएई प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार