काठमाण्डौ : यौन दुर्व्यवहारको आरोपित निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई आईतबार प्रक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उहाँलाई नियन्त्रणमा बुझिएको छ । गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिनु भएको थियो । महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए । महरामाथि लागेको आरोप पुष्टि भएमा उहाँलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्ने कानुनी ब्यवस्था रहेको छ ।