सरिता राई-
सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाले आफ्नै बाबुको निर्घात कुटपिट बाट घाईते बालकको अभिभावकत्व ग्रहण गर्ने भएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाले उक्त घटना प्रति ध्यानकर्षण भएको भन्दै बालकको अभिभावकत्व ग्रहण गर्ने जनाएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा आफ्नो छोराछोरीलाई उचित शिक्षा, हेरचाह र माया दिई अभिभावकत्व प्रदान गर्नुपर्ने बाबुबाटै कुटपिट गरि घर निकाला समेत गरेकाले ती बाबुलाई कानुन अनुसार कार्वाहीको प्रकृया अगाडी बढाएको उल्लेख छ । वडा कार्यालयमा दर्ता भएको निवेदनमाथि छलफल हुँदा बालकको तत्काल उपचार गर्नुपर्ने भएकाले गाउँपालिकालेनै आवश्यक खर्च व्यवस्थापन गरि जिल्ला अस्पताल फाप्लु पठाएको पालिका अध्यक्ष असिम राईले बताए ।
बुधबार जारी विज्ञप्तीमानै उक्त बालकको उपचार खर्च न्यायीक समितिको सिफारिसको आधारमा गाउँपालिकालेनै बेहोर्ने समेत उल्लेख गरिएको छ । गाउँपालिका ६ मुक्लिका तिर्थ राईले आफ्नै ९ बर्षका छोरा संयोकलाई निर्घात कुटपिटका साथै स्टील झुसले ढाँडमा रगडेर नुन, खोर्सानी र सिस्नो पानी लगाएका थिए । चरम याताना पाएका ति बालकको ढाँडमा ठुलो घाउँ बनेको छ । असोज ९ गते घटना भएपनि १३ गते मात्रै सार्वजानिक भएको थियो । ती बाबुले कान्छिआमा संग मिलेर जेठि श्रीमति पट्टिका तीन जना छोराछोरीलाई बारम्बार शारीरिक तथा मानसिक यातना दिने गरेको खुलासा भएको छ ।
ती बालबालिकाले दिएको बयानको आधारमा बाबुको कुटाईबाट १० महिना अघि १५ बर्षिया छोरीको समेत हात भाच्चिएको थियो । मदिरापान सेवन गरि घरमा आउँने र विभिन्न कठिन श्रममा लगाउँदा बालबालीकाले काम गर्न नसकेपछि डोरीले बाध्ने, खोर्सानीको धुवा लगाउँने र मरासन्न हुने गरि यातना दिने गरेको पिडित बालकका दिदि अपना राईले बताइन् । आर्थिक अवस्था अति न्यून भएका ती बालबालिकाको खर्च नहुँदा उपचारमा समस्या आउन सक्ने अवस्थालाई समेत गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले बताए । मंगलबार मात्रै जिल्ला अस्पताल फाप्लुमा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले ती बालकको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा लाग्ने सम्पुर्ण खर्च आफुले बेहोर्ने बताएका थिए ।
हुनसक्ने कानुनी कार्वाही
बालबालिका सम्बन्धि ऐनको परिच्छेद ८ को दफा ६६ को उपदफा २ को खण्ड (घ) र (ङ) निजले छोराछोरी माथि गरेको व्यवहार प्रति आकर्षित हुने देखिन्छ । खण्ड (घ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्या्दित व्यवहार गर्ने र (ङ) मा शारीरिक चोट पटक वा असर पु¥याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्यालाई बालबालिका विरुद्धको कसुर ठानेको छ । तिर्थ राईले छोराछोरीलाई अमर्या्दित व्यवहार संगै शारीरिक चोटपटक समेत पु¥याएका छन् ।
उक्त कसुर ठहरेको खण्डमा त्यस्ता व्यत्तिलाई सोही ऐनको दफा ७२ को उपदफा ३ को खण्ड (क) ले दण्ड र जरिवानाको व्यवस्था किटानकोे साथ उल्लेख गरेको छ । उल्लेखित व्यवस्था अनुसार त्यस्ता व्यक्तिलाई पाँचास हजार रुपैया सम्म जरिवाना र एक बर्ष सम्म कैद हुन्छ । तर यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधि सहितको रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषिलाई तत्कालको लागि छाडिएको छ ।