सरिता राई
सोलुखुम्बु : थुलुङदुधकोशी प्रविधिक शिक्षालयले यसै बर्ष प्रवेश परीक्षा लिने भएको छ । केही दिन अगाडी मात्रै सिभिल इन्जिनियरिङ कक्षा (४८) कोटाको लागि अनुमति पाएको शिक्षालयले प्रवेश परिक्षा लिन पाउँने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
अध्यक्ष राईका अनुसार आईतबार परीक्षा नियन्त्रण कार्यालय, सिटिइभिटीका पदाधिकारी र गाउँपालिका अध्यक्ष सहितको बैठकले समयअनुकुल पारेर प्रवेश परीक्षा लिन पाउँने निर्णय भएको हो । यस अघि कक्षा सञ्चालनको लागि अनुमति पाएपनि प्रवेश परीक्षा लिन नपाउने भनेपछि उँपालिकाको आलोचना समेत भएको थियो । कक्षा सञ्चालको लागि सम्बन्धन प्राप्त गर्नुपुर्वनै सिटिईभिटिले प्रवेश परीक्षा लिईसकेकाले सोलुखुम्बुका लागि छुट्टै परीक्षा सञ्चालन नहुने परीक्षा नियन्त्रण कार्यालयले बताउँदै आएको थियो । गाउँपालिका प्रमुख असिम राईका अनुसार बारम्बारको ताकेता र अनुरोध पछि बल्ल परीक्षा सञ्चालन गर्न सकिने भएको हो । अब भने माथिल्लो सगरमाथाका जिल्लाका बिद्यार्थीले न्यूनतम शुल्क इन्जिनियर बन्ने पक्का भएको छ ।
पहाडी क्षेत्रका गरिब जनतालाई लक्षित गरि न्यूनतम शुल्कमा अध्ययपन गराउने गाउँपालिकाको योजना रहेको अध्यक्ष राईको भनाई छ । कक्षा सञ्चालनको लागि भवन निर्माण सम्पन्न भईसकेको र प्रधानाध्यापक समेत नियुक्तिको प्रकृयामा रहेको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । जिल्लाको अति बिकट गाउँमा इन्जिनियरिङ कक्षा सञ्चालन हुनेभएपछि हर्षित बनेका यहाँ विद्यार्थी यो बर्षनै इन्ट्रान्स परीक्ष हुने भएपछि झनै खुसी भएका छन् । गाउँपालिकाले करिब २ देखी ३ लाखमा उक्त कोर्ष पुरा गराउने गरि योजना अघि सारेको बताएको छ । यस अघि इटहरी वा पोखरा गएर करिब रु.१२ लाख सम्म शुल्क बुझएर अध्ययन गर्नुपर्ने यस क्षेत्रका विद्यार्थीको बाध्यता भने अन्त्य भएको छ ।