सोलुखुम्बु : जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । संविधान दिवसको अवसर पारेर जिल्लालाई नेपालको ७६ औ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई शुरबीरले सोलुदुधकुण्ड नगरपालिका र समग्र जिल्लालाईनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् । सोही अवसरमा सन् २०३० सम्म जिल्लालाई पुर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको छ । संघिय सांसद हेमकुमार राई (शुरबीर), प्रदेश सांसद उत्तम कुमार बस्नेत, समन्वय प्रमुख बीर कुमार राई र नेकपा प्रदेश नम्बर १ का संसदिय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारले असोज १३ गते नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरेपछि सोलुखुम्बुलाई पनि घोषणा गर्नुपर्ने बाध्यताको अवस्था सृजना भएको हो । संविधान दिवस र खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम एउटै मञ्चमा गरिएको थियो । जिल्ला स्थीत राजनितिक दलका प्रमुख, प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, सञ्चारकर्मी लगाएतको उपस्थितिमा ¥यालि समेत निकालिएको थियोे । सल्लेरीको नयाँबजार देखी सुरु भएको उक्त ¥याली समन्वय समितिको प्राङ्गनमा पुगेर सकिएको थियो ।
कार्यक्रमको अवसरमा शेर्पाजातीको श्याब्र, नेवारको लाखे लगाएत कल्चर झल्कने नृत्य र विभिन्न विद्यार्थीहरुले राष्ट्रभक्ति गितमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए थिए ।
कार्यक्रममा कस्ले के बोले ?
कार्यक्रममा हजारौ सोलुुबासीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई ंसंबोधन गर्दै संघिय सांसद हेमकुमार राई (शुरबीर)ले बिकासमा जस लिने प्रबृत्ति मोलाएको प्रति चिन्ता व्यक्त गरे । बिकासमा सबैको हात उत्तिकै हुनेभएपनि मैले गरेको भन्ने मनोबृद्धि मौलाएको बताए । संविधान कार्यन्वयनको चरणमा भएकाले तेरो मेरो नभनिकन एक भएर अगाडी बढ्नुको बिकल्प नभएको उनको भनाई छ
यस्तै सोही कार्यक्रमलाई संबोधन गर्दै प्रदेस संसाद एवम् नेकपा प्रदेश नम्बर १ संसदिय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले तीन तहको सरकार बीच आवश्यक समन्व्य नहुँदा बिकास निर्माणमा समस्या भएको बताए । उनले जनताको भावना अनुसारको बिकास गर्नका लागि दल र तह नभनिकन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । बिकास र सम्बृद्धिका लागि सबै संग बसेर छलफल गर्न आफु तयार रहेको भन्दै सबैलाई एक ठाउँमा आउन आग्रह समेत गरे ।
यस्तै अर्का प्रदेश सांसद उत्तम कुमार बस्नेतले भ्रष्टचार र शुसासन कायम गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले हजारौ शहिदको सपना साकार पार्नको लागि सबैले मिलेर काम गरेमा मात्रै सम्बृद्धि भेटिने बताए ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले खुल्ला दिशामुक्त जिल्ला घोषणा भएकोमा खुसी व्यक्त गर्दै पुर्ण सरसफाईको कार्यक्रमका लागि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् सोलुखुम्बु इन्चार्ज शिबबहादुर बस्नेत (राजेन्द्र), प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल लगाएतले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रमको अवसरमा सहयोग गर्ने सबैलाई कदर पत्रसहित सम्मान गरिएको छ ।