सुबास दर्नाल-
सोलुखुम्बु : निरन्तरको बर्षात पछि आएको पहिरोले सोलुखुम्बु–काठमाण्डौ सडक खण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाण्डौ सडक खण्डको ठाउँठाउँमा पहिरो जादाँ सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए ।
प्रजिअ खनालका अनुसार सदुरमुकाम नजिकै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थीत साल्मे सिस्नेरी सडक खण्डमा पहिरो खसेको छ । सडकमा पहिरो जादा जिल्लाबाट काठमाण्डौका लागी छुटेका सवारी साधनहरु विच बाटोमै रोकिएको ट्राफिक प्रहरी इन्चार्ज प्रहरी हवलदार सञ्जिव चौधरीले जानकारी दिए । उनका अनुसार पहिरोले तिङला स्थित सिस्नेरी, साल्मे क्षेत्र अवरुद्ध बनेको छ । त्यस्तै ओखलढुगांको हर्कपुर क्षेत्रमा पनि पहिरो जादा सवारी आवगमन ठप्प बनेको छ ।
सवारी आवगमन ठप्प हुँदा सयौ यात्रु बिच बाटोमानै रोकिएका छन् । जिल्लाबाट कटारी, सिरहा, सुनसरी लगाएत प्रदेश राजधानि विराटनगर तथा काठमान्डौ लगाएतको क्षेत्रमा हिडेका यात्रु बिहान ११ बजे सम्म बिच बाटोमानै रोकिएको ट्राफिक प्रहरी इन्चार्ज चौधरीले जानकारी दिए ।
पहिरो पञ्छाएर सडक खुलाउने प्रयास भईरहे पनि अबिरल बर्षातका कारण समस्या भएको प्रहरीले जनाएको छ । बर्षातका कारण जिल्लाको ग्रामिण क्षेत्रका सडक समेत अबरुद्ध बनेको स्थानीयले बताएका छन् । पानीले जमिन गलेकाले उच्च सावधानी अपनाउन प्रमुख जिल्ला अधकारी खनालले सवारी चालक, यात्रु तथा स्थानिलाई आग्रह गरे ।
बर्षात पछि पहिरो संभावना उच्च हुने हुँदा सबैलाई सावधानी पुर्वक रहन प्रशासनले सबैलाई अनुरोध गरेको छ । अहिले सम्म जिल्लामा सामान्य पहिरोका बाहेक अन्य कुनैपनि अप्रिय घटना भने नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ । कहि विपद् परि हालेमा तत्काल खबर गर्न पनि आग्रह गरिएको छ ।