सोलुखुम्बु : सल्लेरीमा एनआइसि एसिया बैँकको शाखा कार्यालय स्थापना भएको छ । आइतबार एक कार्यक्रमका विच बैँकको शाखाको उद्घाटन गरिएको हो । एनआसि एसिया बैँकको सल्लेरीमा स्थापना भएको शाखा २ सय ९८ औँ शाखा रहेको धरान उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराइले जानकारी दिनुभयो । उनले प्रदेश १ मा ५५ वटा शाखा कार्यालय स्थापन भइसेकोको पनि जानकारी दिए ।
गाउँगाउँमा बैंक घरघरमा बैंक भन्ने नाराका साथ बैंकले कार्यक्रम शाखा विस्तार गरिरहेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले कृषि, पर्यटन लगायतका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकले कृषि तथा पर्यटनका क्षेत्रमा कर्जा प्रवाह गर्न पनि उनले आग्रह गरे ।
विगतको दिनमा कम बैंक हुदा आर्थिक कारोबारमा भएको भिड र असहजताको विस्तारै अन्त्य हुने उनको भनाई छ । हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न बैंकको पछिल्लो समय शाखा विस्तार धमाधम भईरहेको छ । जिल्लामा कृषि, बाणिज्य, सेन्चुरी कमर्सियल, एनएमबी बैंक धेरै अगाडी देखी स्थापना भइ सेवा दिईरहेका छन् भने लक्ष्मी, एनआईसी एसिया, ग्लोबल बैंकले आफ्नो शाखा विस्तार गरिसकेको छ । यस्तै माछापुच्छ् बैंकले समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । बैंक धेरै हुँदा कर्जा प्राप्तीमा सहज हुने यहाँका स्थानीयले विश्वास लिएका छन् ।