खुम्बु आउने करिब ८ सय पर्यटक ड्राईभर्ट

सुबास दर्नाल-
सोलुखुम्बु : खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा आउने अधिकांश पर्यटक ड्राईभट हुन थालेको छ । काठमाण्डौबाट लुक्ला उडानकोे पर्खाईमा बसेका पर्यटकहरु हवाई सेवा प्रभावित हुने वित्तिकै अन्नपुर्ण पदमार्ग तर्फ जाने पर्यटन ब्यवसायीहरुले बताएका छन् ।

सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरु खुम्बुको विकल्पको रुपमा अन्नपुर्ण क्षेत्रलाई रोज्ने गरेको पर्यटन ब्यवसायी लामा काजी शेर्पाले बताए । उनका अनुसार ४ दिन सम्म लुक्लामा कुनैपनि उडान नहुँदा करिब ९ सयको हाराहारीमा खुम्बु आउने पर्यटकहरु अन्य पदमार्ग तर्फ लागेका छन् । लुक्लाको उडान रद्ध भएपछि पर्यटक समेत अन्नपुर्ण क्षेत्र जाने गरि गनतव्य परिवर्तन गर्नेगरेको टानका अध्यक्ष खुम बहादुर सुबेदीले बताए । विदेशी पर्यटकहरुको हवाई मार्गमा चाप अत्याधिक भए पनि मौसम प्रतिकुल हुदाँ समस्या भएको स्काई नेपाल ट्रेक्स् प्रा.लि काठमाण्डौका डाईरेक्टर बल बहादुर दर्नालले बताए । खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाई सेवानै हो । हवाई सेवा नै प्रभावित हुदाँ जिल्लाको पर्यटन क्षेत्रमा ठुलो असर परेको पर्यटन ब्यवसायीहरुको भनाई छ ।

लुक्लाको होटल भरिभराउ ।
मौसम प्रतिकुल भई उडान नहुँदा लुक्लाको होटल खचाखच भरिएको छ । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटकहरु उडान नहुँदा लुक्लामानै बसेका छन् । विगत ४ दिन देखि मौसम प्रतिकुल बन्दा कुनैपनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डायन प्राधिकरण लुक्लाका बरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिए । होटल ब्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४ सय जना भन्दा बढि पर्यटकहरु काठमान्डौ जानको लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथील्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटकहरु लुक्लामा बिमानको पखाईमा बसेका छन् ।

केही दिन उडान नभए मुल्य समेत बढ्ने ।

हवाई सेवा अवरुद्ध हुदा खुम्बु क्षेत्रमा खाद्यन्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुदै आएको कार्गो सेवा समेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य बस्तुको मुल्य बढ्न सक्ने पर्यटन ब्यवसायी लामा काजी शेर्पाले बताए । हवाई सेवा अवरुद्ध हुदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यन्न समेत सकिदै जाने भएकाले मुल्य बढ्ने उनको भनाई छ ।

खुम्बु पुगेका मजदुर भन्छन्- खर्च अभाव हुने भयो ।
मौसम प्रतिकुल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदुरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवाहरु पर्यटक नआएपछि त्यातिकै बस्न बाध्य बनेका छन् ।

रोजगारीको खोजी गर्दै लुक्ला पुग्नुभएका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयौ युवा लुक्लामा बसेका छन् । पर्यटकिय सिजन सुरु भएसगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकुलताका कारण समस्यामा परेको बताउँछन् । कोठामै बसेर खादा खर्च समेत सकिसकेको अर्का मजदुर मन कुमार राईले बताए । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीको रुपमा खुम्बु क्षेत्र जाने प्रचलन रहेको छ । उनीहरु महत्वपुर्ण चाड दशै तिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटक संग रमाउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार