पार्लियामेन्ट ठप्प पार्ने काँग्रेस सभापति देउवाको चेतावनी

बिष्णुकुमार देवकोटा
नेपाली काँग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले लोकतन्त्रमाथी प्रहार गरीए काँग्रेसले पार्लियामेन्ट ठप्प पार्नै चेतावनी दिएका छन् । काँग्रेसका संस्थापक मध्येका एक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्रि विश्वेश्वर प्रसाद कोईरालाको पुर्ण कदको प्रतिमा अनावरण गर्न दाङमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो चेतावनि दिएका हुन् । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा नेपाली काँग्रेस दाङ द्धारा स्थापित वि.पी.को पुर्ण कदको शालिक अनाबरण तथा काँग्रेसको दोश्रो चरणको जागरण अभियान लाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारले वैयक्तिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार माथी कुठाराघात गर्नैगरी बिचार र अभिव्यक्तिको स्वतन्त्रतामाथी अंकुस लगाउन खोजिएको आरोप लगाए ।

दोश्रो चरणको जागरण अभियानकै क्रममा काँग्रेसले मिडिया काउन्सिल बिद्येयक ल्याएर पत्रकारीताजगत लाई त्रसित पार्ने काम गरेको आरोप लगाए । प्रमुख अतिथिको आसन बाट बोल्दै सभापति देउवाले पत्रकारहरु लेख्न र बोल्न डराउनु पर्नै अवस्था आएको बताए । राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार माथि नेकपाको कार्यकताको लछार पछार गर्ने र बाँके नेपाली काँग्रेसको कार्यक्रम हल भित्र पसेर गरीएको गुण्डागर्दीका दोषिलाई कानुनी दायरामा ल्याउन सरकारलाई चुनौती दिए । २६ गते नेपाली काँग्रेस बाँकेको कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले साँघातिक आक्रमण गर्दा बाँेके काँग्रेस सभापति किरण कोईराला को हात भाँचिएको थियो भने दाङमा केही दिन अघि नेकपा का जिल्ला सदस्य विवेक श्रेष्ठले राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राम प्रसाद प्याकुरेलमाथि हातपात गरेका थिए ।

निकै आक्रोसित मुद्रामा आफ्नो २० मिनेटको सम्बोधनको क्रममा देउवाले पटक पटक लोकतन्त्र माथिको प्रहारलाई निस्तेज पार्ने दावी गरे । कम्युनिष्ट सरकारले न्यायालाय माथी आक्रमण गरेको, मानव अधिकार माथी अंकुस लगाउन खोजेको आरोप लगाए । नेपाली काँग्रेस अहिले अप्ठ्यारोमा परेको भन्दै सभापति देउवाले काँग्रेस बिचको एकता महत्वपुर्ण रहेको जिकीर गरे । काँग्रेस राजा, राणा र पन्चहरु बिरुद्ध लडेको भन्दै कम्युनिष्ट सरकारको बिरुद्ध जस्तो सुकै कदम चाल्न सक्ने भन्दै पहिला जे भयो भयो भन्दै पार्टीमा अनुसासन हुनुपर्नैमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार