सहिद कुसुम प्रतिष्ठानको “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रम ।

सरिता राई
काठमान्डौ : सहिद कुसुम स्मृति प्रतिष्ठानले “नेपालको सन्दर्भमा समाजवाद” विषयक विमर्श कार्यक्रमको आयोजना गरेको छ । बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा आयोजना गरिएको कार्यक्रममा नेकपा क्रान्तिकारी (माओवादी) का महासचिव मोहन वैद्य ’किरण’, नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय राम कार्की र घनश्याम भुषालद्वारा समाजवादका विषयमा विचारहरु प्रस्तुत गर्नेछन् ।
अहिलेको समयमा नेपालको अबको बाटो कस्तो हुने भन्ने बिषयमा बहस भएको थियो । कम्युनिष्ट आन्दोलनल र खास गरि समग्र राजनितिक आन्दोलनले उठान गर्दै आइरहेको समाजवादको स्वरुप कस्तो हुनुपर्छ भन्ने विषयमा राष्ट्रिय बहसको थप आवश्यकता महसुस गरि कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आरसीले जानकारी दिए । प्रतिष्ठानले विभिन्न समयमा स्थानीय, राष्ट्रिय र अन्तरष्ट्रिय स्तरका विभिन्न वैचारिक, दार्शनिक र राजनैतिक विषय केन्द्रित कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार