सोलुखुम्बु खुल्ला दिशामुक्त घोषणा हुदै, प्रमुख अतिथिमा खानेपानी मन्त्रि ल्याईने ।

सोलुखुम्बु : संविधान दिसको अवसर पारेर सोलुखुम्बुलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिने भएको छ । असोज ३ गते एक कार्यक्रमका बीच देशको ७६ औ जिल्लाको रुपमा खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको हो । जिल्लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाको लागि मुख्य चुनौतीका रुपमा सदरमुकाम सल्लेरी र आसपासको वडा रहेको थियो । साविक ३४ वटा गाविस रहेको जिल्लामा अझै तीन वटा गाविस हालको चार वटा वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । उक्त वडालाई समेत सोही दिन घोषणा गर्ने कार्यक्रम तय गरिएको समन्वय समितिका प्रमुख बीरकुमार राईले बताए ।

जिल्लाको तामाखानी पहिलो खुल्ला दिशामुक्त गाविस घोषणा भएको थियो । विभिन्न गैह्र सरकारी संस्थाको सहयोगमा जिल्लाको अधिकांश गाविस खुल्ला दिशामुक्त बनेको भएपनि सदरमुकाम क्षेत्रनै समस्याको रुपमा रहेको थियो । प्रत्यक घरमा सौचालय भएपनि ढल व्यवस्थीत हुन नसक्नु बजार क्षेत्रको समस्या थियो । देशलाईनै सन २०१६ मा खुल्ला दिशामुक्त घोषणा गर्ने सरकारको राष्ट्रिय लक्ष्य भएपनि अहिले सन २०१९ को अन्तिममा आएर बल्ला जिल्लालाई घोषणा गरिदै छ । अब भोजपुर जिल्ला ७७ औ जिल्लाको रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि मात्रै नेपाल खुल्ला दिशामुक्त हुने छ । जिल्ला समन्वय समितिका प्रमुख बीर कुमार राईको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रमुख अतिथिका लागि खानेपानी मन्त्ति बिना मगरलाई निमन्त्रणा गर्ने समेत निर्णय गरेको छ । त्यस्तै प्रदेश नम्बर १ का मुख्य मन्त्री सेधरधन राई, सामाजिक विकास मन्त्री, सोलुखुम्बु प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमलाई भब्य र सब्य बनाउन जिल्लामा बसोबास गर्ने सबै जातजातीहरुलाई भेषभुषामा सहित उपस्थित गराईने योजना छ । जिल्लामा सोलुदुधकुण्ड नगरपालीका बाहेक अन्य स्थानिय तहहरु यस अघि नै खुल्ला दिसा मुक्त घोषणा भईसकेका छन् । कार्यक्रम ब्यवस्थापनका लागी १३ लाख रुपैया छुट्याएको छ । जसमा नगरपालीकाले ४ लाख र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयले ९ लाख रुपैया ब्यवहोर्ने जनाइएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार