सुन चोरेर भागेका युवक पक्राउ ।

सरिता राई
सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालीका ३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो ३ बजे लिखुपिके गाउँपालीका ३ का अन्दाजी २७ बर्षिय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानिय सावित्री राजभण्डारीको घर भित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

बस्नेतले सावित्रिको घर भित्र पसेर सुर्केसमा राखेको १ तोला सुनको सिक्रि, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भागेका थिए । उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हवल्दार विनोद केसीको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा तामाखानीकै जस्ते होटलबाट पक्राउ गरेको प्रहरी निरिक्षक कार्कीले जानकारी दिए । पक्राउ परेका बस्नेतले सोलुदुधकुण्ड नगरपालीका ३ फलमखानीका राजमाया तामाङको घरमा प्रबेश गरी एक बोतल डिउ, एक बट्टा चुरोट समेत चोरेको स्थानियले बताएका छन् । उनको साथबाट लागु औषध गाजा समेत बरामद भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । सोलुखुम्बुको सल्लेरी बजार र आसपासको क्षेत्रमा बारम्बार चारीका घटना घट्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार