पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जना रिहा भएका छन् ।जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलाशले दिएकाे आदेश बमाेजिम उनीहरू धराैटी बुझाएर रिहा भएका हुन् ।
रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियाे।अदालतकाे याे आदेशसँगै तीनै जनाले अब हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्न सक्ने छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनमा अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाए लगतै उनीहरू विरूद्द आत्महत्या दुत्साहनको मुद्दा दर्ता गरिएकाे थियाे।तीनै जनाकाे बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।